शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनसीसी बैंकले सुरु गर्यो भिसा क्रेडिट कार्ड

सोमबार, ०२ असार २०७६, १९ : ५४
सोमबार, ०२ असार २०७६

काठमाडौं– एनसीसी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा यही आषाढ ३ गतेबाट एनसीसी भिसा क्रेडिट कार्ड शुभारम्भ गरेको छ ।

यस बैंकको भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि एटीएम–पीओएस मेशिन मार्फत सामान वा सेवा लिन सक्ने छन् । चिप वेसमा आधारित यस कार्डबाट सुरक्षित कार्ड यात्राको लागि विशेष उपयोगी, भुक्तानीमा लचकता र नगद झिक्न सकिने सुबिधा रहेको छ ।

एनसीसी भिसा क्रेडिट कार्डको शुभारम्भ अफर भनेर बैंकले आषाढ महिना भरि नयाँ एनसीसी उत्सव बचत खाता खोल्ने ग्राहकहरुलाई पहिलो वर्ष निशुल्क एनसीसी भिसा क्रेडिट कार्ड उपलब्ध गराउने घोषणा पनि गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप