शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छोरीको विवाह अघि लिभइनमा बसेका आमाबुवाले गरे विवाह

सोमबार, ०२ असार २०७६, १३ : ०२
सोमबार, ०२ असार २०७६

हाम्रो समाजमा छोरीको विवाहमा कन्यादान गर्नु हरेक आमाबुवाको लागि सबैभन्दा पुण्यको काम मानिन्छ । भारतको मध्य प्रदेशमा यही पुण्य कमाउनका लागि छोरीको विवाह हुनु एक दिन अघि उनको आमा बुवाले विवाह गरेका छन् । अब तपाईंलाई अचम्म लागिरहेको होला कि छोरीको विवाह अघि उनका आमाबुवाले किन विवाह गरे भनेर । 

वास्तवमा, मध्य प्रदेशको अशोकनगरमा ५५ वर्षका पिता आफ्नी ५० वर्षकी लिभ इन पार्टनरसँग बस्छन् । यस्तोमा जब उनीहरुका छोरीको विवाहको पालो आयो तब कन्यादानमा कुनै सामाजिक संस्कृति बाधक नबनोस् भन्नका लागि ती पुरुषले आफ्नी पार्टनर र छोरीकी आमासँग विवाह गरे । 

आमाबुवाको विवाह भएको भोलिपल्ट छोरीको विवाह थियो जसमा आमाबुवाले कन्यादान गरे । 

परमाल सिंह लोधी जन्ती लिएर आफ्नै घर पुगे र ५० वर्षकी आफ्नी लिभ इन पार्टनर जो दुलहीको रुपमा तयार भएकी थिइन्, उनीसँग विवाह गरे । यी दुई करिब २५ वर्षदेखि लिभइनमा बसिरहेका थिए । उनीहरुका चार सन्तान पनि छन् । परमाल सिंह लोधीकी जेठी छोरी कल्लो १८ वर्षकी छिन् भने सबैभन्दा कान्छो छोरा १० वर्षका छन् । 

भारतीय संचार माध्यमका अनुसार विवाह नभएको जोडीले छोरीको कन्यादान गर्न नहुने बताएपछि परमालले विवाह गर्ने सोच बनाएका हुन् । 

रोचक कुरा त के भयो भने, परमालको विवाहमा उनका चार सन्तान जन्ती बने । उनीहरु ब्यान्ड बाजा लिएर आफ्नै घर गए र आमा बुवाको विवाह भएको हेरे । छोरीहरु आमाबुवाको विवाहमा मज्जाले नाचेको बताइन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप