बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानसँगको खेलमा विराट आउट नभई पेभिलियन फर्किए तर पनि बनाए किर्तिमान

सोमबार, ०२ असार २०७६, ११ : ३६
सोमबार, ०२ असार २०७६

एजेन्सी । जारी क्रिकेट विश्वकपमा हिजो भारत–पाकिस्तानबीच प्रतिस्पर्धा भयो । खेलमा पाकिस्तानविरुद्ध ४६.४ ओभरको खेलेपछि वर्षाको कारणले म्याच रोकियो ।

पछि जब खेल दोहा¥याएर सुरु भयो, तब वहाब रियाज वलिङ गर्न आएका थिए । यस ओभरको अन्तिम बलमा विराट काहलीले चौका हाने ।

त्यसपछि बलिङ गर्न मोहम्मद आमिर आएका थिए । उनको बलिङमा पनि विराट आत्मविश्वासले भरिपूर्ण देखिरहेका थिए ।

यस ओभरसम्म ६५ बलबाट उनले ७७ रन बनाएका थिए त्यसपछि उनी आउट भए ।

आमिरले गरेको बल विराटको ब्याटमा लागेर विकेटकिपर सरफराज अहमदको समातेको जस्तो देखिएको थियो । त्यसपछि विराट आफै पेभेलियनतर्फ हिँडे ।

त्यसबेलासम्म भारतको अंक ४७.४ ओभरबाट पाँच विकेट गुमाएर ३१४ रन थियो । कोहली हिड्दा एम्पायरले पनि औला उठाएका थिएनन् ।

केही समयपछि अल्ट्रा एजमार्फत कोहलीको आउट हुँदा बल र ब्याटबीचको सम्पर्क भएको नभएको पाइएको थियो । त्यसमा बलले व्याट छोएको देखिएन ।

शायद विराटले ब्याट मच्याउँदा सुनेको कुनै आवाजले उनी आफैले आउट भएको निष्कर्ष निकालेको हुनुपर्छ ।

खेलको कमेन्ट्री गरिरहेका सौरभ गांगुलीले विराटलेसट लगाउने क्रममा ब्याट समाउने ठाँउबाट चरचराहटको सुनेको हुुनुपर्ने बताए ।

भारतीय क्रिकेट टिमका पूर्व कप्तान रहेका गांगुलीले कहिले काहीँ ब्याटको समाउने स्थान चरचराउने आवाज सुनिने बताए ।

पेभेलियन फर्किएपछि विराटको ब्याटलाई धोनीले चेक गरेको देखिएको थियो । उनीलाई पनि त्यही शंका भएको देखिन्छ ।

आउट हुनु अघि तोडका थिए सचिनको रेकर्ड

हिजोको खेलमा विराट कोहलीले ५७ रन बनाउना साथ अन्तर्राष्ट्रिय क्रिकेटको एक दिवसीय खेलमा ११ हजार रन पुरा भयो ।

अझ यति रन सबैभन्दा छिटो पुरा गर्ने किर्तिमान उनले आफ्नो नाममा लेखाएका छन् ।

विराटले आफ्नो एक दिवसीय करियरको ११ हजार रन पुरा गर्नको लागि मात्र २२२ पारी लिए । जबकी सचिनले २७६ पारीमा यति रन पुरा गरेका थिए । योसँगै विरातले सबैभन्दा कम पारीमा ११ हजार रन पुरा गर्ने किर्तिमान रचे ।

यस अघिनै विराटको नाम सबैभन्दा कम पारीमा ८ हजार, ९ हजार र १० हजार पुरा गर्ने विश्व किर्तिमान दर्ता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप