शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फोहोरको भाँडोमा भेटिएकी थिइन् मिथुन चक्रवर्तीकी छोरी

सोमबार, ०२ असार २०७६, ११ : ३०
सोमबार, ०२ असार २०७६

बलिउडका कलाकारमध्ये केहिले बिहे अगाडि नै बच्चालाई धर्मपुत्र बनाएका छन् भने केहिले बिहे पछाडि पनि धर्मपुत्र पालेका छन् । भारतमा हरेक जुन महिनाको आइतबार ‘अन्तर्राष्ट्रिय फार्दर्स–डे’ मनाउने गरिन्छ । यसपटक पनि १६ जुनमा यो दिन मनाइँएको छ । यसै अवसरमा दैनिक भास्करले धर्मपुत्र पाल्ने केहि बलिउड कलाकारको बारेमा लेखेको छ । 

मिथुन चक्रवर्ती
मिथुन चक्रवर्तीले छोरी ईशानीलाई धर्मपुत्री बनाएर ल्याएका थिए । उनले ईशानीलाई फोहोर फ्याँक्ने भाँडोमा भेट्टाएका थिए । उनले फोहोरको भाँडोमा बच्चा देखेपछि श्रीमती योगितासँग सल्लाह गरेर धर्मपुत्रीको रुपमा घरमा भित्र्याएका थिए । उनले ईशानीको लालनपालनमा पूरा ध्यान दिए । अहिले ईशानी ठूली भइसकेकी छिन् ।

सन्दीप सोपारकर
सन्दीप सोपारकरले बिहे अगाडि नै धर्मपुत्र पालेका थिए । उनले एक्लै उक्त सन्तानको स्याहार गरे । उनले छोराको नाम अर्जुन राखेका छन् । धर्मपुत्र बनाएको केहि समयपछि उनले प्रेमिका मोडल जैश रन्धावासँग बिहे गरे । अहिलै दुवै मिलेर अर्जुनको स्याहार गर्दैछन् । 

सुभाष घई
‘शो म्यान’को नामले चर्चित फिल्म निर्देशक सुभाष घई र उनकी श्रीमती मुक्ता घईले मेघा नामकी छोरीलाई धर्मपुत्रीको रुपमा घर ल्याएका थिए । मेघा आफ्नो पति राहुल पुरीको व्यवसाय सम्हालिरहेकी छिन् । बिहेपछि सुभाष र मुक्ताले बिहेको २७ वर्षपछि छोरीलाई जन्म दिए । उनको नाम मुस्कान हो । 

निखिल आडवाणी 
‘कल हो न हो’, ‘सलामे इश्क’, ‘डी–डे’ जस्ता फिल्मको निर्देशन गरेका निर्देशक निखिल आडवाणी र उनकी पत्नी सुपर्णा मिलेर चार वर्षकी एक बच्चीलाई धर्मपुत्रीको रुपमा लिएका थिए । उनीहरुले एक असल पिता र आमाको भूमिका निर्वाह गरिरहेका छन् । 

दिवाकर बनर्जी 
‘खोसला का घोसला’, ‘शंघाई’, ‘लस्ट स्टोरीज (वेब सीरीज)’ र ‘बम्बे टकिज’ जस्ता फिल्मको निर्देशन गरेका दिवाकर बनर्जी र उनकी श्रीमती रिचाले मुम्बईको एउटा अनाथालयबाट एक सानी बच्चीलाई धर्मपुत्रीको रुमपा ल्याएका छन् । उनीहरु अहिले उनै सानी बच्चीको साथमा मस्ती गरिरहेका देखिन्छन् । 

कुणाल कोहली 
फिल्म ‘क्रिटिक’बाट निर्देशक, निर्माता बनेका कुणालले बलिउडमा थुप्रै सफल फिल्म दिएका छन् । उनले रवीना कोहलीसँग बिहे गरेका छन् । रवीना ‘कफि विथ करन’ की निर्देशक हुन् भने यशराज टीवीकी प्रमुख हुन् । उनीहरुले बिहेपछि राधा कोहलीलाई धर्मपुत्रीका रुपमा पालेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप