वेस्ट इन्डिज र बंगलादेश भिड्दै
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (सोमबार) वेस्ट इन्डिज र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । काउन्टी स्टेडियममा साँझ ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्ने अभियानमा छन् ।
वेस्ट इन्डिज विश्वकपको अनुभवी टोली हो । उसले सन् १९७५ मा पहिलो र सन् १९७९ मा दोस्रो संस्करणको उपाधि जितेको थियो । वेस्ट इन्डिज तेस्रो संस्करणको फाइनलमा पराजित भएको थियो । छैटौं पटक विश्वकपमा सहभागिता जनाई रहेको बंगलादेश क्वार्टरफाइनल माथि जान सकेको छैन ।
दुवै टोलीले आज विश्वकपमा पाँचौं खेल खेल्दैछन् । दुवैले तीन तीन अंक बनाएका छन् । वेस्ट इन्डिज तीन अंकसहित तालिकाको छैटौं र बंगलादेश आठौं स्थानमा छ । यी दुवै टोलीले एक एक खेल जितेका छन् । एक एक खेलमा हार खेपेका दुवै टोलीको एक एक खेल बर्षाका कारण रद्ध भएको थियो ।
विश्वकपमा यी दुई टोलीबीच यसअघि भएको भिडन्तमा भने वेस्ट इन्डिज बलियो छ । यसअघि दुई टोली चार पटक भिडेका थिए । जसमा तीन खेल वेस्ट इन्डिजले जितेको थियो भने एक अनिर्णित रूपमा सकिएको थियो । जासन होल्डरको कप्तानीमा रहेको वेस्ट इन्डिज र मसरफे मोर्तजाको कप्तानीमा रहेको बंगलादेशको स्तर समान छ । त्यसैले अघिल्लो चरणमा पुग्न आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै