बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लुईस स्वारेज र एडिन्सन काभानी चम्किएपछि उरुग्वेको सुखद सुरुवात

सोमबार, ०२ असार २०७६, ०९ : ०५
सोमबार, ०२ असार २०७६

लुईस स्वारेज र एडिन्सन काभानी चम्किएपछि उरुग्वेले कोपा अमेरिका कप फुटबलमा सुखद सुरुवात गरेको छ । समूह ‘सी’ अन्तर्गत सोमबार बिहान भएको खेलमा उरुग्वेले इक्वेडरलाई ४–० गोलले हरायो ।

उरुग्वेले खेलको छैटौं मिनेटमै अग्रता लिएको थियो । निकोलस लोडीरोले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए । निकोलसले लुइस स्वारेजको पासमा गोल गरेका थिए । २४औं खेलको मिनेटमा इकवेडर १० खेलाडीमा समेटिएको थियो । जोसे क्विन्टेरोस सिधै रातो कार्ड पाउँदै बाहिरिएपछि खेलमा उरुग्वे हावी बनेको थियो ।

त्यसपछि काभानीले ३३ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । उनले डिएगो गोडीनको पासमा पोस्ट नजिकबाट गोल गरेका थिए । ४४औं मिनेटमा स्वारेजले गोल गर्दै पहिलो हाफमै उरग्वेलाई ३–० को अग्रता दिलाए । स्वारेजले मार्टिन कासेरेसको पासमा गोल गरेका थिए । दोस्रो हाफमा केही रक्षात्मक खेल खेलेको उरुग्वेले ७८औं मिनेटमा आत्मघाती गोल उपहार पाएको थियो । इक्वेडरका अर्टुरो मिनाको प्रहार आत्मघाती गोल भएको थियो । समूहको पहिलो जितसँगै उरुग्वेले तीन अंक बनाएको छ । यस समूहमा उरुग्वे र इक्वेडरसँगै जापान र चिली छन् ।

यसैगरी समूह ‘बी’ को खेलमा एसियाली टोली कतारले पाराग्वेलाई २–२ गोलको बराबरीमा रोकेको छ । कतारले २–० गोलले पछि परेको अवस्थालाई उल्टाएर बराबरी गोल गरेको थियो ।  खेलको चौथो मिनेटमै पराग्वेका ओस्कार कार्डोजोले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ५६औं मिनेटमा डेरिस गोन्जालेजले गोलगर्दै पराग्वेको अग्रता दोब्बर बनाएका थिए ।  

कतारले ६८औं मिनेटमा पहिलो गोल फर्काएको थियो । कतारका लागि अलमोयज अलीले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै टोलीलाई खेलका फर्काएका थिए । ७७औं मिनेटमा पराग्वेका गोलरक्षक रोवर्ट फर्नान्डेजको गल्तीको फाइनदा उठाउँदै बौलेम खौखीले गोल गर्दै कतारलाई बराबरीमा ल्याएका थिए । बराबरीसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् । यस समूहमा तीन अंक बनाएको कोलम्बिया शीर्ष स्थानमा छ । अंक विहिन अर्जेन्टिना अन्तिममा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप