बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

त्रिवि सेवा आयोगको मुल गेटमै तालाबन्दी

सोमबार, ०२ असार २०७६, ०८ : ३१
सोमबार, ०२ असार २०७६

त्रिवि सेवा आयोगको परिक्षामा अनियमित्तता भएको भन्दै एक महिनादेखि अनसनमा बसेका विद्यार्थीले मुलगेटमै तालाबन्दी गरेका छन् । एक महिनादेखि आयोगको मुल गेटमा अनसन बसिरहेका विद्यार्थीले आजदेखि पदाधिकारीलाई प्रवेशमा रोक लगाउने भन्दैतालाबन्दी गरेका हुन् ।

कर्मचारीको परिक्षामा त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा, अन्य पदाधिकारी र विद्यार्थी नेताकासमेत आफन्तको नाम निकालेको भन्दै अख्तियार र सतर्कता केन्द्रमा उजुरी परेको थियो । उजुरी परेपछि अख्तियारले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएपनि सेवा आयोगले लिखितमा नाम निकालेका परिक्षार्थीको मौखिक परिक्षा लिएको थियो ।

परिक्षा खारेजीको माग गर्दै अनसनमा बसेका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकमारी माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को मागलाई भने सरकार र सेवा आयोग दुवैले बेवास्ता गरेका छन् । शिक्षामन्त्रीले वार्ताको आश्वासन दिएर आफू विदेश भ्रमणमा थाइल्यान्ड गएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप