बसबाट हामफाल्दा युवतीको मृत्यु, दुई मृत फेला
चितवनमा बसको ढोकाबाट हामफाल्दा एकको मृत्यु भएको छ । आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख ६९९१ नंको बसमा सवार रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन् ।
उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुई पुरुष मृतावस्थामा फेला
चितवनका छुट्टाछुट्टै स्थानमा आइतबार दुई पुरुष मृत फेला परेका छन् । भरतपुर महानगरपालिका–१५ फूलबारीमा ८० वर्षीय रामप्रसाद तिवारी मृत फेला परेका हुन् ।
भरतपुर–३ बेलचोक घर भई मागेर खाँदै हिड्ने तिवारीको अपराह्न ५ः३५ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
यस्तै आइतबार अपराह्न कालिका नगरपालिका–८ न्यूरेनीमा अन्दाजी ३०÷३२ वर्षीय दुर्गाबहादुर चेपाङ मृत फेला परेका छन् ।
उनी सडक छेउमा मृत फेला परेको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ । चेपाङको के कारणले मृत्यु भएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा