बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरब युद्ध चाहँदैनः युवराज सल्मान

आइतबार, ०१ असार २०७६, २३ : ५७
आइतबार, ०१ असार २०७६

रियाद साउदी अरबका युवराज मोहम्मद बिन सल्मान अल साउदले आफ्नो देशले क्षेत्रीय युद्ध नचाहेको बताएका छन् । एक पत्रिकालाई आइतबार दिएको अन्तर्वार्तामा उनले कसैको दवावमा कुनै सम्झौता गर्न नडराउने पनि प्रष्ट पारे । 
“यो अधिराज्य क्षेत्रीय युद्ध गर्न चाहँदैन, तर हाम्रो देश, जनता, सार्वभौमिकता र हाम्रो महत्वपूर्ण चासोको विरुद्धमा दिइने दवावबाट पछाडि हट्ने छैनौं,” अन्तर्वार्ताका क्रममा उनले भनेका छन् । 
इरानको हालैको गतिविधिलाई लक्षित गर्दै युवराज सल्मानले यस्तो धारणा राख्नु भएको बताइएको छ ।

यमन संकटका बारेमा सोधिएको प्रश्नमा उनले राजनीतिक तरिकाले संकट समाधान गर्नु पर्नेमा जोड दिए ।युवराज सल्मानले क्षेत्रीय सुरक्षा र स्थायित्वलाई आधार बनाएर अमेरिकासँग रणनीतिक सम्बन्ध कायम गर्नुपर्ने धारणा राखेका छन् ।  
साउदी पत्रकार जमाल खसोग्जीको पीडादायी हत्याका सम्बन्धमा उनले “पूर्ण न्याय र विश्वसनीयता” साउदी अरबले चाहेको उल्लेख गरे । “कपिपयले यसलाई राजनीतिक रुप दिन खोजेका छन्, त्यसलाई रोकौँ, बरु प्रमाणहरु छन् भने अदालतमा पेस गरौँ” उनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप