बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानसेनापति थापा चीन प्रस्थान

आइतबार, ०१ असार २०७६, २३ : ३१
आइतबार, ०१ असार २०७६

काठमाडौं-नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति पूर्णचन्द्र थापा चीनको जनमुक्ति सेनाको निमन्त्रणामा सप्ताहव्यापी औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनी यही असार १ देखि ७ गतेसम्मको भ्रमणका लागि सात सदस्यीय भ्रमण दलसहित प्रस्थान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । सो अवसरमा नेपालस्थित चीनका राजदूत, नेपाली सेनाका रथीवृन्द, रक्षा मन्त्रालयका सहसचिवलगायत नेपालस्थित चीनका सैनिक सहचारीको उपस्थिति थियो ।

यसअघि उनलाई जङ्गी अड्डा परिसरमा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । चीन भ्रमणको दौरान प्रधानसेनापति थापाले चीनका विभिन्न सैनिक संरचनाको भ्रमण, उच्चस्तरीय पदाधिकारीसँग भेटघाटलगायत ऐतिहासिक स्थलको भ्रमणसमेत गर्नुहुने सूचना निर्देशनालयले जनाएको छ ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास सेनाले लिएको छ । उक्त अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप