शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुटेराको कुटपिटबाट घाइतेको सेनाको हेलिकप्टरमा उद्धार

आइतबार, ०१ असार २०७६, २० : १३
आइतबार, ०१ असार २०७६

रुकुमपूर्वमा लुटेराले कुटपिट गरी घाइते बनाएकाहरुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका लुटेराको कुटपिटबाट घाइते भएका आमा–छोरी ३८ वर्षीया जुनकुमारी पुन र १४ वर्षीया रश्मी पुनलाई आज हेलिकप्टरमा उद्धार गरी उपचारका लागि काठमाडौँ लगिएको छ । 

लुटेराले आमा–छोरीको कानमा लगाएको सुन, घाटीको लकेट, मोबाइल र रु एक लाख पाँच हजार लुटेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ । उनीहरु यार्सागुम्बा टिपेर मैकोटबाट घरतर्फ जाँदै थिए । 

शनिबार साँझ लुटेराको प्रहारबाट घाइते भएका दुबैलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी रन्मामैकोटमा भर्ना गरिएको थियो । 

पूर्वमन्त्री गणेशमान पुन र सांसद कमला रोकाको पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत दुबैको उद्धार गरिएको हो । 

यार्सागुम्बा टिप्ने क्रममा घाइते भएका १४ वर्षीय एक किशोरको समेत आजै हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रोल्पा थवाङ घर भई यार्सा टिप्न पुथा उत्तरगङ्गा गाउँपालिका–पूर्वाङ गएका चिन्तन विकको उद्धार गरिएको हो । उनको लडेर खुट्टा भाँचिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप