शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘एक घर एक टिभीएस’: मेकानिक बिमा तथा तालिम सम्पन्न

आइतबार, ०१ असार २०७६, १९ : १२
आइतबार, ०१ असार २०७६

काठमाण्डौं– नेपालका लागि टिभीएस टु ह्वीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले देशभर प्रत्येक घरमा टिभीएस बाईक तथा स्कूटरलाई स्थान दिलाउन एक घर एक टिभीएस भन्ने अभियान अन्तर्गत नाटुको (नेपाल अटो मेकानिक्स ट्रेड युनियन) सहकार्यमा बिमा तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा टिभीएसको तर्फबाट नाटु जीवन बिमा कोषको लागि ५१ हजार आर्थिक सहायता प्रदान गरिने घोषणा पनि गरिएको थियो भने यसका अलावा नाटु मार्फत बिक्री भएका प्रत्येक बाइक तथा स्कूटरबाट २०० उक्त कोषको लागि छुट्याइने जानकारी पनि गराइएको थियो ।

जगदम्बा मोटर्सका भाईस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले टिभीएस अहिले नाटुसँग निरन्तर सहकार्य गर्न चाहेको बताए । प्रविधिले धेरै फड्को मारेको परिवेशमा अहिले धेरै नयाँ टेक्नोलोजीको विकार भएको हुँदा मेकानिक्सहरुलाई तालिम दिनु आवश्यक रहेको उनको भनाइ थियो । 

तालिम मात्र नभइ देशमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यको साथ साथै टिभीएसको डिलर बन्न प्रेरीत गर्ने अध्यक्ष अग्रवालले बताए । 

टिभीएसको १०० भन्दा बढि डिलर नेटवर्क र २०० भन्दा बढि सर्भिस नेटवर्क मार्फत सेवा, जेनुईन पार्टस र ल्युबको उपलब्धतालाई सरल र व्यापक बनाइएको पनि जानकारी दिइएको थियो । कार्यक्रममा ब्रान्ड एम्बेस्डरका रुपमा माधव पाण्डे घोषणा गरिएको थियो । 

टिभिएसले तालिम तथा बिमा कार्यक्रम ६७ स्थानहरुमा र ३००० मेकानिकलाई  तालिम दिने प्रतिबद्धता जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप