शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं महानगरपालिका र नविल बैंकका बीच सहकार्य हुने

आइतबार, ०१ असार २०७६, १९ : ०२
आइतबार, ०१ असार २०७६

काठमाडौं– नविल बैंक लिमिटेड तथा काठमाडौं महानगरपालिका बीच विशेष सम्झौता भएको छ । 

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नयाँ सडक गेट अगाडि पूर्व तर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिम तर्फको सडकका ट्राफिक आइल्याण्डहरुमा एरोपोनिक प्रणालीबाट पूmलका १२ वटा स्तम्भहरु जडान गर्ने विशेष सौन्दर्यकरण सम्झौता भएकँे हो ।

आधुनिक प्रविधिको एरोपोनिक प्रणालीबाट फूलको स्तम्भहरुमा नियमित पानी प्रवाहित गरी बर्षै भरी पूmल पूmलाई हरियालीयुक्त रमणीय बनाउन काठमाडौं महानगरपालिका तथा नविल बैंक लिमिटेडको सहकार्य रहने जनाइएको छ । 

काठमाडौं महानगरपालिका नगर प्रमुख बिध्या सुन्दर शाक्यले नबिल बैंक संगको यस सम्झौताले काठमाडौंको सुन्दरता बढाउने भएकोले धेरै उत्साहित भएको जानकारी दिए ।

उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस सहकार्यले नविल बैंकले अवलम्वन गर्दै आएको हरितकरण प्रयासलाई टेवा पर्याई काठमाडौं महानगरपालिकामा रहेका सडकका ट्राफिक आइल्याण्डहरुमा सौन्दर्य वृध्दि गरी शहरको वातावरण समेतलाई सपार्ने विश्वास जनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप