शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरमा बैंक अफ काठमाडौंको एक्टेन्सन काउण्टर, थप दुई नयाँ शाखा पनि संचालनमा

आइतबार, ०१ असार २०७६, १८ : ५५
आइतबार, ०१ असार २०७६

काठमाडौं– बैंक अफ काठमाडौंले आफ्नो सेवा तथा सुविधाहरुलाई विस्तार गर्ने उद्देश्यले थप १ एक्टेन्सन काउण्टर विस्तार गरेको छ ।

नोबेल मेडिकल कलेज विराटनगरबाट बैंकले एक्टेन्सन् काउण्टरको सेवा थाल्नी गरेको छ । यही जेष्ठ ३० गते डा. राजेश नेपालबाट यस एक्टेन्सन् काउण्टरको उदघाटन भएको छ ।

त्यसैगरी, बैंकले थप दुई नयाँ शाखा कार्यालय पनि संचालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले ७८ औं शाखा कार्यालय लम्जुङको सुन्दरबजारमा र ७९ औं शाखा कार्यालय बुधबारेमा  औपचारिक रुपमा संचालनमा ल्याएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप