शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको प्रायोजन

आइतबार, ०१ असार २०७६, १८ : ४८
आइतबार, ०१ असार २०७६

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले सह–प्रायोजन गरेको छ ।

डिस मिडिया नेटवर्क र एनएसजेएफबीच शुक्रबार मुख्य सह प्रायोजन (इन एसोसिएसन विथ)  सम्बन्धी सम्झौता भएको हो । 

नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको पल्सर स्पोर्ट्स अवार्डको लागि एनएसजेएफले डिस मिडियासँग लगातार नवौं वर्ष सहकार्य गरेको हो । 

आइतबार एक कार्यक्रमबीच एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र डिस मिडिया नेकवर्कका प्रवन्ध निर्देशक सुदिप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

मुख्य सह–प्रायोजकको रुपमा सम्झौता भएसँगै अवार्डको नाम ‘एनएसजेएफ इन एसोसिएसन विथ एक्सन स्पोर्ट्स एचडी प्रिसेन्ट्ज पल्सर स्पोर्ट्स अवार्ड पावर्ड बाई गोल्डस्टार’को नाममा रहने अध्यक्ष सुवेदीले बताए ।

सम्झौता अनुसार डिस मिडियाले अवार्डका लागि ७ लाख रुपैयाँ नगद र ४ लाख रुपैयाँ बराबरको डिस होम सेट–अफ बक्स र दुई बर्षसम्म निशुल्क सुविधा उपलब्ध गराउनेछ । 

अध्यक्ष सुवेदीका अनुसार डिस मिडियासँग सम्झौतामा यस पटकको रकममा गत वर्षभन्दा चार गुणा वृद्धि भएको छ । सरकारले समेत यस पटक अवार्डको लागि रकम छुट्याएको छ ।

यसैगरी डिस मिडियाका प्रवन्ध निर्देशक सुदिप आचार्यले खेलकुद क्षेत्रमै डेडिकेट भएर लागेको डिस मिडिया र नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्ट्स अवार्डको लागि सहकार्य गर्न पाउँदा खुशी भएको बताए ।

उनले नेपाली खेलकुदको विकासमा लागि थप सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता पनि जनाए ।

नेपाली खेलकुदकै प्रतिष्ठित अवार्डको रुपमा रहेको यस अवार्डको १६औं संस्करण असार १७ गते काठमाडौंको कमलादिस्थित प्रज्ञा भवनमा आयोजना हुँदैछ । एक्शन स्पोर्ट्स  एचडी च्यानलमा यो कार्यक्रम प्रत्यक्ष देखाइने छ । यस पटकको अवार्ड कार्यक्रममा नौ विधाका खेलाडी र खेलकर्मीसहित एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको बताईएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप