बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रनेश गौतमलाई थुनामुक्त गर्न अदालतको आदेश

आइतबार, ०१ असार २०७६, १८ : १०
आइतबार, ०१ असार २०७६

फिल्म समिक्षालाई लिएर पक्राउ परेका प्रनेश गौतमलाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाड्न आदेश दिएको छ । 

न्यायाधीश बाबुराम सुवेदीको इजलासले आइतबार साधारण तारेखमा छाड्न आदेश दिएको हो । प्रनेशले चलचित्र वीर विक्रम २ को समीक्षा गरेका थिए । 

आइतबार दिनभर थुनछेक बयान र बहसपछि साधारण तारेखमा राखेर अदालतले प्रनेशलाई छाड्न आदेश दिएको हो ।

चलचित्रका निर्देशक मिलन चाम्सले दिएको जाहेरीका आधारमा प्रनेशलाई अपराध महाशाखाले गत जेठ २४ गते पक्राउ गरेको थियो । 

प्रनेशविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसूर गरेको भन्दै मुद्दा दायर भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप