५.८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्यसहित कर्णाली प्रदेशले ल्यायो ३४ अर्ब ३५ करोडको बजेट (पूर्णपाठ)
काठमाडौं– कर्णाली प्रदेशमा आगामी वर्ष ५.८ प्रतिशतको आर्थिक बृद्धिदर हुने अपेक्षा सहित ३४ अर्ब ३५ करोडको बजेट सार्वजनिक भएको छ । आर्थिक मालिामन्त्री प्रकाश ज्वालाले बजेट सार्वजनिक गरेका हुन् ।
यस प्रदेशले सडक, पूवार्धार, उर्जा, खानेपनी लगायतका क्षेत्रलाई बिशेष महत्व दिएर बजेट ल्याएको छ । कर्णली प्रदेशले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
आन्तरिक राजस्वबाट २५ करोड १० लाख ४१ हजार, चालु आर्थिक बर्षको बाँकी रहेको बजेटबाट ८ अर्ब ९४ करोड ७४ लाख ५४ हजार, राजस्व बाँडफाँटबाट ७ अर्ब ४४ करोड ४३ लाख प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँडबाट २ करोड ७४ लाख र समानिकरण अनुदानबाट ९ अर्ब ८४ करोड ८३ लाख र शशर्त अनुदानबाट ५ अर्ब २७ करोड २७ लाख रुपैयाँ बेहोर्ने बजेटमा भनिएको छ ।
यसैगरी समपुरक र विशेष अुनदानबाट १ अर्ब ८१ करोड २ लाख रुपैयाँ हुने अनुमान छ । यो प्रदेशले ७५ करोड आन्तरिक ऋण परिचालन गर्ने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा