शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमै पहिलो पटक ‘डाटा सेन्टर समिट’ हुँदै

आइतबार, ०१ असार २०७६, १६ : ४८
आइतबार, ०१ असार २०७६

काठमाडौं– नेपाल डाटा सेन्टर सोसाइटी र एनपी सर्टको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक डाटा सेन्टर समिट २०१९ आगामी असार १२ (२७ जुन) मा हुने भएको छ । आज अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गर्दै आयोजकले सो जानकारी गराएको हो ।

डाटा सेन्टरको उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धित प्राविधिक समूह एवं व्यक्तिहरुलाई लक्षित गर्दै आयोजना हुन लागेको समिटमा विश्वका ख्यातीप्राप्त डाटा सेन्टरका वक्ताहरुले डाटा सेन्टरको ग्लोबल स्ट्यान्डर्ड, गाइडलाइन, बेस्ट प्राक्टिस आदिको बारेमा प्रस्तुति दिने छन् भने सहभागीहरुबीच बृहत् अन्तक्र्रिया हुने छ ।

नेपालको डाटा नेपालमै राख्नुपर्छ भन्ने कानून आउँदै गरेका अवस्थामा हुन लागेको समिटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो समय डाटा सेन्टर सोलुसन्स र प्रडक्टको माग अत्याधिक बढिरहेको सन्दर्भमा यस उद्योगमा रहेका अवसर र सम्भावनाबारे पनि समिटमा छलफल हुने छ ।

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभेसन (सिएसआआई) यो इभेन्टको रिसर्च पार्टनरको रुपमा रहेको छ । यस रिसर्च सेन्टरले नेपालमा डाटा सेन्टरको अभ्यास र तयारीबारे नेपालका संघसंस्थाको अवस्थाको बारेमा रिपोर्ट तयार गर्दैछ । 

यो समिटको मुख्य उद्देश्य नेपाली डाटा सेन्टर उद्योगलाई विश्वस्तरीय मापदण्डअनूरुप अगाडि बढाउन सहयोग गर्नु रहेको छ । समिटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ओइएम पार्टनर तथा सेवा प्रदायकले आफ्ना डाटा सेन्टर सोलुसन्स र प्रडक्टसहित सहभागिता जनाउने छन् भने हस्पिटालिटी, बैंकिङ्ग तथा वित्तीय संस्था, सरकारी संस्था, कर्पोरेट क्षेत्र, एनजिओ र आइएनजिओ लगायतबाट प्रतिनिधिहरुले अवलोकन गर्ने छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप