बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म रिलिज अब शुक्रबार मात्र हुने

आइतबार, ०१ असार २०७६, १६ : १७
आइतबार, ०१ असार २०७६

काठमाडौं– नेपाली होस् वा हिन्दी फिल्म अब भने नेपालमा रिलिज शुक्रबार नै हुने भएको छ । चलचित्र विकास बोडले सबै प्रकारको नयाँ फिल्म नेपालमा शुक्रबार मात्र रिलिज हुने जनाएको छ ।  विकास बोर्डले शुक्रबार मात्र नेपाली फिलम रिलिजको विरुद्धमा फिल्म बितरक कम्पनी ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको थियो ।

त्यसमाथि कार्वाही गर्दै जिल्ला अदालतले चलचित्र विकास बोर्डलाई विपक्ष बनाउँदै फिल्म भारत बुधबार रिलिज नरोक्न स्टे अर्डर दिइएको थियो । सोही कारण भारत बुधवार नै नेपालभर रिलिज भएको थियो । 

चलचित्र विकास बोर्डले नेपाली फिल्मको प्रवद्र्धनको लागि सबै फिल्म शुक्रवार नै रिलिज बोडले गरेको निर्णय काठमाडौं जिल्ला अदालतलाई स्पष्टिकरणको रुपमा पठाएको थियो ।  चलचित्र विकास बोर्डले दिएको स्पष्टिकरणको आधारमा काठमाडौं जिल्ला अदालतले अघिल्लो  स्टे अर्डर खारेज गरेको बोर्ड अध्यक्ष केशव भट्टराईले बताए । उनले अब सोही प्रकृतिका मुद्धाहरु समेत अदालतमा नजाने जानकारी दिए । 

ब्याङ्कटेस इन्टरटेन्मेन्टले भारत रिलिजका लागि आफ्नो स्वार्थका आधारमा एक पक्षीय तरिकाले काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेको र अदालतले त्यसको पूर्ण कार्वाहीलाई थाति राख्दै स्टे अर्डर दिएको थियो । विकास बोर्डको स्पष्टिकरण पछि उक्त मुद्धालाई पूर्ण रुपमा कार्वाही गर्दै स्टे अर्डर खारेज गरेको हो । 

स्टे अर्डर खारेजसँगै अब सबै फिल्म शुक्रवार मात्रै रिलिज हुने बोर्डले जनाएको छ । ‘एउटा घटनाबाट पाठ सबै निर्माता र वितरकले सिक्न जरुरी छ । यो घटना कसैको फाईदा र बेफाईदाको लागि हैन । समग्र नेपाली फिल्मको पक्षमा, नेपाली फिल्मको हितमा हो’ बोड अध्यक्ष भट्टराइले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप