शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाँच नम्बर प्रदेशमा आज मुख्यमन्त्रीले बजेट प्रस्तुत गर्दै

आइतबार, ०१ असार २०७६, १५ : १०
आइतबार, ०१ असार २०७६

बुटवल– पाँच नम्बर प्रदेशमा आज मुख्यमन्त्रीले बजेट प्रस्तुत गर्दै छन्  । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आज सबै प्रदेशले एकसाथ बजेट ल्याउँदैछन् । सबै प्रदेशमा बजेट पेश गर्न दिउँसो प्रदेशसभाको बैठक बोलाइएको छ । प्रदेशसभाका बैठकमा सबै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरुले बजेट प्रस्तुत गर्ने छन् ।

संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारहरुले असार १ गते र स्थानीय तहले असार १० गते बजेट ल्याउनु पर्ने हुन्छ । संघीय सरकारले अनुदान तथा आन्तरिक स्रोतलाई समेटेर प्रदेश सरकारहरुले बजेट ल्याउने तयारी गरेका छन् ।

यसैबीच प्रदेश ५ को बजेट आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले पेश गर्नेछन् । अन्य प्रदेशमा भने अर्थ मन्त्रीले बजेट पेश गर्नेछन् ।

प्रदेश ५ मा ३४ अर्बको बजेटको तयारी गरिएको छ । प्रदेश सरकारमा संघीय सरकारबाट समानिकरण वित्तिय अनुदानबाट प्राप्त ७ अर्ब ५४ करोड १ लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख, ससशर्त अनुदानमा ७ अर्ब ७७ करोड चार लाख बजेट छ । चालू आर्थिक वर्षको पूँजिगत तर्फको १६ अर्बको केही रकम खर्च नभई सञ्चित हुनेछ । सो रकम समेत गरी ३४ अर्बको बजेट बनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप