लेखक विकलचन्द्र आचार्यको पुस्तक बिमोचन
काठमाडौं– बेलायतमा लामो समयदेखि बसोबासरत अर्थ ब्यबस्थापनका जानकार विकलचन्द्र आचार्यको पुस्तक ‘बेलायतको वित्तीय अवलोकन’ बिमाेचन गरिएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष एवं पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले पुस्तकको बिमोचन गरेका हुन् । बेलायतको वित्तीय अवधारणा समेटेर लेखिएपनि नेपाली सन्दर्भ जोडिएकाले पुस्तक निकै उपयोगी रहेको क्षेत्रीले बताए । ‘पुस्तक धेरै नै उपयोगी र सूचनामूलक छ,’ उनले भने, ‘देश बाहिर बसेर पनि मातृभूमीलाई यत्तिको योगदान दिन सक्नु ठूलो कुरा हो ।’
राष्ट्र बैंकका पुर्वकार्यकारी निर्देशक नरबहादुर थापा र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पुस्तकमाथी टिप्पणी गरेका थिए ।
पुस्तकमा बेलायतको वित्तीय सामर्थ, बैंकिंङ इतिहास, बैंकको संरचना तथा कार्यविधि, पाउण्ड स्टर्लिंगको अवस्था, सम्पत्ति सुद्दिकरण, बिमा, ब्रेक्जिट, औद्योगिक क्रान्तिको शिक्षा, लन्डन स्टक मार्केट लगायत वित्तीय क्षेत्रका विविध बिषय समावेश छन् ।
बेलायतको प्रतिष्ठित प्राइभेट स्कुल आर्डिंङलाए कलेजमा छात्रवृत्ति पाएर बिसं २०५० मा बेलायत पुगेका लेखकले शिक्षा, साहित्य तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका छन् । यसअघि आचार्यका लन्डनमा मुटु दुख्दा, कोरोनरी मुटुरोग, बेलायती आँगनमा गोर्खाली सुवास र मोह गरि चार कृति प्रकाशित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा