शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अत्याधिक गर्मीका कारण प्रदेश २ का अधिकांश विद्यालय बन्द

आइतबार, ०१ असार २०७६, १३ : ४८
आइतबार, ०१ असार २०७६

जनकपुर– अत्याधिक गर्मीका कारण प्रदेश नम्बर २ स्थित विभिन्न जिल्लाहरुमा विद्यालय बन्द गर्न थालिएको छ । ४२ डिग्री सेल्सियसभन्दा बढी तापमान बढ्न थालेपछि धनुषा, महोत्तरी, बारा लगायतका जिल्लाका विद्यालय आइतबारबाट बन्द गरिएको हो । धनुषाका विद्यालयहरु सोमबारबाट करिब एक साताको लागि बन्द भएको छ ।

केहि दिनदेखि एकाएक गर्मी बढेपछि शिक्षा विकास तथा समन्वय इकाइले जिल्लाका सबै पालिकाहरुलाई विद्यालय बन्द गर्न पत्राचार नै गरेको छ । अत्याधिक गर्मीका कारण बालबालिकालाई पठनपाठनमा समस्या देखिएको भन्दै असार २ गते देखि असार ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको धनुषाका इकाइ प्रमुख भरखुप्रसाद रजकले जानकारी दिए । 

अत्याधिक गर्मीका कारण बालबालिकाहरु बिरामी पर्न थालेका छन् भने विद्यालय आवतजावत गर्न समेत समस्या हुँदै आएको छ । यता, महोत्तरीका विद्यालयहरु पनि अत्यधिक गर्मिका कारण बन्द गरिएको छ । 
महोत्तरीको जिल्लाका १० नगरपालिका र ५ गाउँपालिकासहित १५ स्थानीय तहमध्ये आधाले विद्यालय बन्द गरेका छन् भने आधाले बन्द गर्नका लागि छलफल नै थालेको छ ।

त्यस्तै बाराका विद्यालयहरु आज देखि नै बन्द गरिएको छ । बिहान देखि नै चर्को घामको राप बेलुका सम्म बढेपछि विद्यालय बन्द गरिएको स्थानीय पालिकाले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप