बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर क्यान्सर अस्पतालमा श्रम शोषण

आइतबार, ०१ असार २०७६, १३ : ३३
आइतबार, ०१ असार २०७६

काठमाडौँ– भक्तपुर क्यान्सर अस्पतालका सरसफाई मजदुरहरुले आफूमाथि श्रम शोषण हुने गरेको गुनासो गरेका छन् । वार्षिक ७० देखि ८० हजार विरामीको उपचार गर्न आउने अस्पतालमा विगत चार वर्षयता भरोसा सर्भिसेज प्रालिमार्फत सफाइ कर्मचारी नियुक्ति गरिँदै आएको छ । 

अस्पतालमा सफाइ मजदुर नियुक्ति गर्न प्रत्येक वर्ष नयाँ कम्पनी छनोट गर्नुपर्ने भएपनि विगत चार बर्षयता एउटै कम्पनीले सफाइ कर्मचारी नियुक्ति गरेर लामो समयदेखि उनीहरुको श्रम शोषण गरिरहेको पीडितहरुले बताएका छन् । 

स्रोतका अनुसार भरोसाले एक तहका सफाइ कर्मचारीको तलव अस्पतालबाट प्रतिव्यक्ति २६ हजार लिने गर्छ । 

तर, सफाई कर्मचारीलाई भने १३ हजार ५ सय मात्रै दिने गरेको छ । भरोसामार्फत अस्पतालमा ५० जना सफाइ कर्मचारी कर्यरत छन् । अचम्मको कुरा त के छ भने कर्मचारी सप्लाई गर्ने उक्त कम्पनीका सञ्चालक नेपाल अर्बुद रोग निवारण संस्थाका महासचिव विमल होडा हुन् ।

उनै होडा भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका सक्रिय सदस्य समेत रहेका छन् । होडा र भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ र होडाबीचको साँठगाँठमा सफाई कर्मचारी नियुक्त गर्ने गरिएको पीडितमध्येका एक सफाई कर्मचारीले बताएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप