बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सलमानले भने, ‘भारत मेरो करियरको सबैभन्दा ठूलो फिल्म तर कटरिनाको लागि होइन’

आइतबार, ०१ असार २०७६, १२ : ५९
आइतबार, ०१ असार २०७६


बलिउड अभिनेता सलमान खानको भारतले धमाकेदार सुरूवात गरेको छ र यसबाट सलमान निकै खुसी भएको कुरा कसैबाट लुक्न सकेको छैन ।  

सलमानले भारतको सफलतामा खुसी भएर केही मिठाई पनि खाएको खबर आएको थियो । खानपिनमा विशेष ध्यान राख्ने उनी साधारणतया यसो नगर्ने भारतीय मिडियाले दाबी गरेको छ ।  वर्षको सबैभन्दा ठूलो ओपनिंग गर्ने फिल्म बनेपछि फिल्म भारत २०० करोड कमाउन अघि बढिरहेको छ । यद्यपि सलमानलाई यो राम्रोसँग थाहा छ कि भारत उनको करियरको सबैभन्दा ठूलो ओपनिंग गर्ने फिल्म हो तर यो कटरिना कैफको करियरको सबैभन्दा ठूलो ओपनिंग गर्ने फिल्म होइन । हालै जूम टिभीलाई दिएको अन्तरवारतामा सलमानले यसबारे कुरा गरेका छन्  । 

अन्तरवार्ताको क्रममा सलमानले दर्शकलाई भारतको सफलताका लागि पुनः एकपटक धन्यवाद दिए र कटरिनामाथि व्यंग्य गर्दै भने, ‘मेरो करियरको सबैभन्दा ठूलो ओपनिंग गर्ने फिल्म हो र यसमा मसँग कटरिना पनि थिइन्  तर कटरिनाको करियरको  सबैभन्दा ठूलो फिल्म यो नभई अरु कुनै हो । ’

कटरिनाले भनिन्, ‘उनले थग्स अफ हिन्दोस्ताबारे कुरा गरिरहेका छन् तर फिल्म हिट पनि हुनुपर्छ । ’

स्मरण रहोस्, सलमान खानको फिल्म भारतले आफ्नो रिलिजको पहिलो दिन नै ४२.३ करोडभन्दा बढी कमाएको थियो । यो फिल्मसँगै सलमानले आफ्नो फिल्म प्रेम रतन धन पायोको रेकर्ड तोडेका छन् ।  यो फिल्मले रिलिजको पहिलो दिन लगभग ४० करोड कमाएको थियो । यद्यपि, सलमानको भारतले आमिर खानको फिल्मको रेकर्ड तोड्न सकेन । आमिर, अमिताभ बच्चन र फातिमा शेख स्टारर फिल्म थग्स अफ हिन्दोस्तानले आफ्नो रिलिजको पहिलो दिन नै ५० करोड कमाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप