शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ३ सरकारले ल्याउँदैछ यस्तो बजेट

आइतबार, ०१ असार २०७६, १२ : १८
आइतबार, ०१ असार २०७६

काठमाडौं । प्रदेश नम्बर ३ सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि करिब ४८ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । 

संघीय सरकारले ल्याएको कूल बजेटको करिब ३.२६ प्रतिशत बजेट छुट्याउँदै प्रदेश नम्बर ३ ले सबैभन्दा ठूलो रकम पूर्वाधार विकासका क्षेत्रमा खर्च गर्ने भएको हो । 

केन्द्रमा संघीय सरकारले गत जेठ १५ गते १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो । 

यता प्रदेश सरकारले पनि असार १ गते भित्र प्रादेशीक बजेट ल्याइसक्नु पर्ने संवैधानिक प्रावधान अनुसार आज सात वटै प्रदेश सरकारले बजेट ल्याउँदै छन् । 

सबै भन्दा बढी बजेट ल्याउँदै गरेको प्रदेश ३ सरकारले आफ्नो बजेटको ठूलो रकम पूर्वाधार विकासमा खर्चने भएको हो । बजेटको प्राथमिकतामा प्रदेशकै गौरवको आयोजना अन्तर्गतको पोष्टबहादुर बोगटी भीमफेदी–काठमाडौ सुरुङमार्ग परेको छ । 

त्यस्तै, प्रदेशका सबै जिल्लालाई समेट्ने गरी पुष्पलाल चक्रपथ निर्माण आयोजनामा समेतमा प्रदेशले बजेट छुट्याउने भएको छ । 

यता, स्वास्थ्य क्षेत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गौरवको योजानका रुपमा अगाडि बढाइएको छ । हेटौंडा अस्पतालको क्षमता बृद्धि गरेर स्वाथ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने तयारी प्रदेश सरकारले गरेको छ । 

त्यस्तै मदन भण्डारी सडक निर्माण गर्नका लागि बजेट छुट्याइएको र गौरवका योजनाका रुपमा अगाडि बढाइएको समेत प्रदेश सरकारले जनाएको छ । 

चालु आर्थिक वर्षका केही महत्वपूर्ण योजनालाई  गौरवका योजनाका रुपमा सरकारले लिएको थियो । तर, रकम खर्च गर्न नसकेपछि आउँदो आर्थिक वर्षको योजनामा पनि गौरवका योजनाका रुपमा अगाडि बढाइएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप