शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हङकङले फिर्ता लियो विवादित सुपुरदगी विधयक

आइतबार, ०१ असार २०७६, ०८ : ३७
आइतबार, ०१ असार २०७६

एजेन्सी । हप्तौं लामो प्रदर्शनपछि हङकङकी प्रमुख कार्यकारी क्यारी ल्याम झुकेकी छिन् । 

आइतबार नयाँ प्रदर्शनको तयारी भईरहदाँ उनले सुपुरदगी कानुनलाई अर्को वहसको मिती नतोकेसम्मको लागि फिर्ता लिएकी भएकी छिन् । 

हङकङ प्रशासनले सन् २००३ पछि पहिलो पटक ठूलो प्रदर्शनका कारण प्रस्तावित विधयक फिर्ता गरेको हो । 

‘यसलाई आशिंक विजय भन्न सकिन्छ ,’ हङकङको विपक्षी सांसद चाल्स मोकले भने ,‘तर यो उत्सवको बेला होइन । ल्यामले यसलाई पूर्ण रुपमा रद्द गरेकी छैनन् ।’

विपक्षीले विधयक फिर्ता लिइए पनि मानिसलाई सडकमा निस्कन आह्वान गरेका छन् । अब हुने प्रदर्शनमा ल्यामको राजिनामाको माग हुने अनुमान गरिएको छ । 

प्रदर्शनका बीच मौन रहेकी ल्यामले तीन दिनको मौनता तोड्दै गरेको पत्रकार सम्मेलनमा उनले बारम्बार आफू ‘मर्माहत’ भएको बाएकी थिइन् र विधयकले हङकङमा ‘धेरै विभाजन निम्त्याएको’ स्वीकारिन् । 
प्रतिरक्षात्मक रुपमा प्रस्तुत भएकी उनले आफ्नो एउटै गल्ती संचारको अभाव रहेको बताएकी थिइन् । पत्रकारसँगको कुराकानीमा उनले सुररदगी विधयकको प्रतिरक्षा पनि गरिन् । विधयक सुरक्षाको लागि अत्यावश्यक भएको बताउदैं आफूले थप छलफलबाट सुधार गरेर विधयक पुन ल्याउने बताइन् । 

ल्यामले विधयकलाई हङकङको व्यवस्थापिकाबाट पारित गराउनको लागि छलफलको लागि अत्यन्त थोरै समय दिएकी दिएकाले पनि विधयकबारे विवाद निम्तिएको थियो । 

सुपुरदगी विधयक पारित भएमा यसले हङकङका बासिन्दामात्र होइन, बाहिर अपराध गरेर हङकङ आएकालाई पनि चीन हस्तान्तरण गर्ने बाटो खोल्ने थियो । 

आलोचकका अनुसार नयाँ व्यवस्था लागु भएपछि ‘एक देश, दुई प्रणाली’ अन्तर्गत व्यवस्था गरिएको हङकङ र चीन फरक न्याय प्रणालीको अन्त्य हुने थियो । त्यसले हङकङको अर्थतन्त्र र जीवनशैलीलाई नै हानी गर्ने मानिएको छ । 

विधयक फिर्ता लिनु अनि शुक्रबार राति क्यारी ल्यामले चीनका वरिष्ठ राजनीतिज्ञ हान झेङसँग भेटवार्ता गरेकी थिइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप