बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘लेजर स्पिड गन’बाट पाँच दिनमा ४ सय ९२ माथि कारबाही

आइतबार, ०१ असार २०७६, ०७ : ४२
आइतबार, ०१ असार २०७६

ट्राफिक प्रहरीले ‘लेजर स्पिड गन’ प्रयोगमा ल्याएपछि कोटेश्वर–कलंकी सडकखण्डमा ४९२ सवारीसाधनलाई कारबाही गरेको छ । कारबाहीमा पर्ने अधिकांश मोटरसाइकल चालक छन् ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाले २८ जेठदेखि कोटेश्वर–कलंकी सडकखण्डमा ‘लेजर स्पिड गन’मार्फत सवारीसाधनको गति मापन गर्दै आएको थियो । ट्राफिक प्रहरीले तीन सिफ्टमा ‘लेजर स्पिड गन’मार्फत सवारीसाधनको गति मापन गर्ने र निर्धारितभन्दा तीव्र गतिमा कुदेका सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गर्दै आएको छ ।
नयाँ पत्रिका दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप