प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ
शनिबार, ३२ जेठ २०७६, २२ : ११
ललितपुर-ललितपुर महानगरपालिका-१० कुपण्डोलस्थित डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं अनामनगर बस्ने सप्तरीका ३६ वर्षीय अमरनाथ चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कुपण्डोलबाट खटिएको प्रहरीले बा.४२ प ५८४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक चौधरीले प्रहरीलाई नगद ५ सय रुपैयाँ दिन खोजेका थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।