शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडियाको साथ

शनिबार, ३२ जेठ २०७६, ११ : ०७
शनिबार, ३२ जेठ २०७६

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले सह–प्रायोजन गरेको छ । 

डिस मिडिया नेटवर्क र एनएसजेएफबीच शुक्रबार मुख्य सह–प्रायोजन (इन एसोसिएसन विथ) सम्बन्धी सम्झौता भएको हो । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको पल्सर स्पोर्ट्स अवार्डको लागि एनएसजेएफले डिस मिडियासँग लगातार नवौं वर्ष सहकार्य गरेको हो ।

आइतबार एक कार्यक्रमबीच एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र डिस मिडिया नेकवर्कका प्रवन्ध निर्देशक सुदिप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता एक वर्षको लागि गरिएको हो ।  

मुख्य सह–प्रायोजकको रुपमा सम्झौता भएसँगै अवार्डको नाम ‘एनएसजेएफ इन एसोसिएसन विथ एक्सन स्पोर्ट्स एचडी प्रिसेन्ट्ज पल्सर स्पोर्ट्स अवार्ड पावर्ड बाई गोल्डस्टार’को नाममा रहने अध्यक्ष सुवेदीले बताए । 

सम्झौता अनुसार डिस मिडियाले अवार्डका लागि ७ लाख रुपैयाँ नगद र ४ लाख रुपैयाँ बराबरको डिस होम सेट–अफ बक्स र दुई बर्षसम्म निःशुल्क सुविधा उपलब्ध गराउनेछ । ‘डिस मिडियाको सम्झौतामा यस पटक चार गुणा वृद्धि भएको छ । सरकारले समेत यस पटक अवार्डको लागि रकम छुट्याएको छ,’ अध्यक्ष सुवेदीले भने । 

यसैगरी डिस मिडियाका प्रवन्ध निर्देशक सुदिप आचार्यले खेलकुद क्षेत्रमै डेडिकेट भएर लागेको डिस मिडिया र नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्ट्स अवार्डको लागि सहकार्य गर्न पाउँदा खुशी भएको बताए । एनएसजेएफले यसअघि नै मुख्य प्रायोजककको रुपमा रहेको हंशराज हुलास चन्द एण्ड कम्पनीसँग सम्झौता नविकरण गरिसकेको छ ।

नेपाली खेलकुदकै प्रतिष्ठित अवार्डको रुपमा रहेको यस अवार्डको १६औं संस्करण असार १७ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुँदैछ । यस बर्ष अवार्ड कार्यक्रममा नौ विधाका खेलाडी र खेलकर्मीसहित एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको बताईएको छ ।

यसअघि नै कार्यक्रमको पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भइसकेको छ । बर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिनेछ । यस्तै, लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेशल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा कार्यक्रमकै दिन गरिनेछ । 

यसपटक पनि उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकलाई पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । पिपुल्स च्वाइस अवार्डका लागि मनोनयनमा परेका ५ खेलाडीको नाम यसअघि नै सार्वजनिक भइसकेको छ । 

जसमा क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप