बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धर्ती लुटिएको मान्छे म

शनिबार, ३२ जेठ २०७६, १० : ४३
शनिबार, ३२ जेठ २०७६

-कृष्णमणि पराजुली

सबैको आमा र  धर्ती हुन्छन्
आमा नहुँदा टुहुरो बनि दिन सक्छ
जो कोही
तर
धरती लुटिँदा टुहुरो  पनि बन्न पाउँदैन उसले 
उसको पहिचान हराउँछ
अस्तित्व हराउँछ
सब चिज हराउँछ
अनि आफै हराउँछ ।
हो, यसरी सब चिज हराएर लुटिन्छ
अनि आफ्नै धर्ती खोज्न पनि 
यात्रा  अनवरत जारी गर्नुपर्छ उसले
प्यालेस्टाइनको धर्ती लुटिँदा
सधैँ गोलाबारी खेप्नु परिरहेछ
भुटानी लुटिँदा छरपष्ट भई खेदिनुपर्या छ
रोहिंगा लुटिँदा 
आफ्नै धर्तीलार्ई सम्झी सम्झी
दिन बिताउनुपर्या छ
त्यसैले आफ्नो धर्ती खोज्न
आफै लाग्नुपर्दो रहेछ ।

हराएको कुकुर आफ्नो थलो खोज्दै आउँछ
बचरा आफ्नो गुँड सम्झिेर बेलुकी घर फर्किन्छ
खेत जोत्ने गोरु जति दुःख भए पनि
त्यही दुःखी घर सम्भmेर बिरानो ठाउँबाट
फर्किएको हुन्छ 
बेवारिसे वस्तु खाली पेट लिएर पनि
आफ्नै गोठ सम्झिएर डराई डराई
फर्किएको हुन्छ
कति प्यारो हुँदो रहेछ
आफ्नो धर्ती आफैलाई
भत्काइएको गुँडलाई खोजी गरेकी हुन्छे चरी
यो ठूलो संसारमा यो सानो गुँड
कति प्रिय हुन्छ उसलाई
ऊ टाढा जान सक्दिन
यही बन पखेरामा उसको जीवन सकिएको छ
कति हुरी बतासले गुड भत्काउँदा पनि
उसले यो धर्तीलाइ छोड्न सकिन
गुड बनाउने रूखहरु धेरै थिए होलान्
यद्यपि उसले यही धर्ती छोड्न सकिन
ऊ बाँची रही यही आफ्नो धर्तीमा
मरेको बच्चा बोक्दै हिँडेकी बाँदर्नी 
आँखाभरी आँशु बोकेर
आफ्नो धर्तीको सम्झनामा
 पल्लो बगैँचामा बास नबसी
ऊ त्यो बाँदर्नी यही बगैँचामा
आफ्नो जीवन बिताइरहेकी छे 
हो, त्यसैले जति दुःख भए पनि
आफ्नो थलो
सबका लागि प्यारो हुँदो रहेछ ।
मेरो पनि धर्ती लुटिएको छ
लुटिनेहरुले जसरी धर्तीको खोजमा हिँडिरहेछन्
त्यसरी नै म लुटिएको धर्ती खोजी रहेछु
धर्तीले दिने प्रतिफल चाहेको हैन
आफ्नो पुख्र्यौली थलो खोजेको हुँ 
मैले नखोज्दा मेरी दुःखी धर्ती माता
अझ दुःखी हुने छिन्
त्यसैले आज म खोजिरहेछु
मेरी लुटिएकी धर्ती  माता ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप