बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याक्सी दुर्घटनामा एकको मृत्यु

शनिबार, ३२ जेठ २०७६, ०९ : २१
शनिबार, ३२ जेठ २०७६

बागलुङ जिल्लाको गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ध १ ज ५१३ नम्बरको ट्याक्सी गए राति १० बजे भेडिखोलामा दुर्घटना भएको हो ।
    
दुर्घटनामा गलकोट नगरपालिका–४ नुवाकोट निवासी मनबहादुर खत्रीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा आज विहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घाइते हुनेमा नुवाकोट निवासी सवारी धनी तथा चालक हुमबहादुर कुँवर र आयुष कार्की रहनु भएको छ । घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्माले जानकारी दिए । 

रातको समयमा अनियन्त्रित भई ट्याक्सी सडक देखि १५ मिटर तल खसेको थियो । दुर्घटना बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप