शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिफा वरियतामा खस्कियो नेपाल

शनिबार, ३२ जेठ २०७६, ०७ : ५०
शनिबार, ३२ जेठ २०७६

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) वरियतामा नेपाल चार स्थान खस्किएको छ ।

फिफाले सुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल चार स्थान खस्किएर एक सय ६५औं स्थानमा पुगेको हो ।

नेपाल अघिल्लो महिना एक सय ६१औं स्थानमा थियो । दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि रहेको भारत समग्रमा एक सय १ स्थानमा छ ।

माल्दिभ्स एक सय ५१औं स्थानमा छ । बंगलादेश एक सय ८३औं, भुटान एक सय ८६औं, श्रीलंका दुई सय १ र पाकिस्तान दुई सय ३ स्थानमा छ ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ ।

फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौंथो र पोर्चुगल शीर्ष पाँचमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप