बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

किन ‘मुन्नाभाइ’ बने योगेश्वर अमात्य ? (भिडियो)

शुक्रबार, ३१ जेठ २०७६, १४ : ०५
शुक्रबार, ३१ जेठ २०७६

नेपाली मिडिया साथै सामाजिक सञ्जालमा आजभोलि एउटा विषय निकै चर्चित छ र त्यो हो गुठी विधेयक ।

सरकारले ल्याएको गुठी विधेयकविरुद्ध यतिबेला उपत्यकाका नेवार समुदाय आन्दोलित छन् । यसका विरुद्धमा ठाउँ–ठाउँमा नाराबाजी र प्रदर्शन भइरहेका छन् ।

बिहीबार ललितपुरको पाटनमा आयोजित विरोध कार्यक्रममा गायक योगेश्वर अमात्यको पनि उपस्थित थियो । योगेश्वर आफ्नो भिन्न शैलीका कारण चर्चित छन् । उनको गायन होस् या जीवनशैली, अरुभन्दा पृथक छन्, तसर्थ चर्चित छन् ।

उनको यही पहिचान उक्त कार्यक्रममा पनि देख्न पाइयो । विरोध कार्यक्रमलाई मर्यादित बनाउन उनले पुलिसमाथि जुन व्यवहार गरे त्यो चर्चाको केन्द्रमा छ ।

यतिबेला समाजिक सञ्जालमा चर्चामा रहेको भिडियोमा योगेश्वरले सबै पुलिसकर्मीलाई एकएक गर्दै मुठ्ठीभरी बोकेको फूल दिएको देख्न सकिन्छ । यो दृश्य पक्कै पनि रोचक थियो, त्यसकारण हामीले योगेश्वरलाई यस्तो गर्नुको उद्देश्यबारे सोध्यौँ ।

जवाफमा उनले भने, ‘त्यहाँ उपस्थित पुलिसले हामीलाई नकारात्मक नजरले  नहेरुन् भन्ने उद्देश्यले मैले यस्तो गरेको हुँ । उहाँहरुलाई म यो भन्न चाहन्थेँ कि ‘हामी मित्र हौँ ।’’

‘पुलिसकर्मीको काम तनावयुक्त हुन्छ,’ त्यही तनावलाई कम गर्न आफूले फूल दिएको बताए । उनले भने, ‘उहाँहरुलाई शान्त गराउनका लागि यस्तो गरेँ । हामी दुश्मन होइनौँ, आफ्नै हौँ, एउटै देशका नागरिक हौँ, भनेर दर्साउन खाजेको हुँ । ’

‘उहाँहरुलाई सकारात्मक सोचले शान्त गराउनका लागि यस्तो गरेँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप