बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सफलताको रहस्य

शुक्रबार, ३१ जेठ २०७६, १३ : ११
शुक्रबार, ३१ जेठ २०७६

एकजना कुशल कलाकारले एक पटक एउटा अमरपक्षीको काष्टमूर्ति बनाउने विचार गर्‍यो ।

काष्टकलाको नियममुताबिक कलाकारले सर्वप्रथम एउटा काठको मुढामा अमरपक्षीको खाका बनायो ।

खाका देखेर एकजना आगन्तुकले हाँस्दै भन्यो, “ए, तिमीले यस्तो खाकाबाट अमरपक्षीको मूर्ति बनाउन खोजेको ? मलाई त यसबाट एउटा कुरुप उल्लूको मूर्ति बन्ला जस्तो लाग्छ !”

अर्को आगन्तुकले भन्यो, “यति ठूलो चुच्चो र यति लामो खुट्टा ! के तिमी पेलिकन पक्षीको मूर्ति त बनाउँदैछैनौ ?”

धेरै आए र धेरै कुरा गरे । कुरा प्रायः खिस्याउने, होच्याउने खालकै थिए । कुनै पनि कुराबाट कलाकार विचलित भएन । आफ्नो काम गर्दै गयो, गर्दै गयो । धेरै समयपछि एकदिन उसको काम सकियो । उसले सफलताका साथ अमरपक्षीको मूर्ति तैयार पा¥यो । मूर्ति एकदमै जीवन्त, तुरुन्तै पंखा फटफटाएर उड्लाजस्तो थियो ।

आगन्तुक तमामले कलाकारको प्रसंसा गरे । धेरै धेरै प्रशंसा गरे । पहिले खिस्याउने गिज्याउनेहरु त झन् चम्कीचम्की प्रशंसा गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप