शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : प्रेम दिवससँग भिड्दै झट्का

शुक्रबार, ३१ जेठ २०७६, १२ : ५६
शुक्रबार, ३१ जेठ २०७६

काठमाडौं – आज शुक्रबारबाट दुई नयाँ फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘प्रेम दिवस’ र ‘झट्का’ । फ्राइडे रिलिज अन्तर्गत यी दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । विना प्रचार प्रदर्शनमा आएका यी दुबै फिल्मका विषयवस्तु र कलाकार भने भिन्न रहेका छन् ।

‘प्रेम दिवस’

‘रियल कपल’ प्रियंका कार्की र आयुष्मान देशराज जोशीको को मुख्य भूमिका रहेको फिल्म ‘प्रेम दिवस’ त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको हो । योगेश घिमिरेले निर्देशन गरेको फिल्मबाट विशाल खरेलले अभिनयमा डेब्यू गरेका छन् । प्रदीप भारद्वाजको लेखन, सञ्जय न्यौपानेको निर्माणरहेको फिल्मले सिंगल थियटर र मल्टिप्लेक्सका थौरै हल पाएको छ ।

‘झट्का’

रमेश बिसुङ्खको निर्देशन रहेको ‘झट्का’ उनकै कथामा निर्माण भएको फिल्म हो । काठमाडौँको रात्री जीवनको कथा विषयको रुपमा उठाएको फिल्ममा सुरविर पण्डित, श्याम लाल श्रेष्ठ, रक्षा गुरागाइँ, ईश्वर गुरुङ, मनिता श्रेष्ठलगायतको अभिनय छ । फिल्ममा सुरविरको गेटअप निकै फरक छ । यसमा उनले नेगेटिभ रोल निभाएका छन् । जीवन पराजुलीले छायाँकन फिल्मको निर्माता तुलसीलाल नेवा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप