शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इङ्ल्यान्डलाई वेस्ट इन्डिजको चुनौती

शुक्रबार, ३१ जेठ २०७६, ०८ : ५७
शुक्रबार, ३१ जेठ २०७६

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (सुक्रबार) घरेलु टोली इङ्ल्यान्ड र वेस्ट इन्डिज खेल्दैछन् । रोज बल मैदानमा साँझ ३ः१३ बजे सुरु हुने यस खेल निकै रोजक हुने अनुमान गरिएको छ । दुवै टोली निकै बलिया मानिन्छन् । सन् १९७५ र १९७९ को विश्वकप उपाधि चुमेको वेस्ट इन्डिज सदाबहार टोली हो ।

वेस्ट इन्डिजमा एक सय एक ब्याट्सम्यान छन् । यसैगरी सँधै बलियो छबि बनाएको इङ्ल्यान्डले अहिलेसम्म विश्वकप उपाधि चुम्न नसकेको छैन । यसपटक घरेलु मैदानमा सानदार प्रदर्शन गरिरहेको इङ्ल्यान्ड उपाधि हत्याउने अभियानमा छ । इङ्ल्यान्डमा पनि क्षमताबान ब्याट्सम्यान र बलर छन् । आजको खेलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई बलियो चुनौती दिनेछ ।

जारी विश्वकपमा यी दुवै टोलीको यो चौथो खेल हो । इङ्ल्यान्डले यसअघि उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई एक सय ४ रनले हराएको थियो । दोस्रो खेलमा पाकिस्तानसँग १४ रनले पराजित भएको इङ्ल्यान्डले तेस्रो खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो । यसैगरी वेस्ट इन्डिजले पहिलो खेलमा पाकिस्तानलाई सात विकेटले हाराएको थियो । दोस्रो खेलमा अष्ट्रेलियासँग १५ रनले पराजित भएको वेस्ट इन्डिजले तेस्रो खेलमा अंक बाँडेको थियो । बर्षका कारण वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेल रद्ध भएको थियो । इङ्ल्यान्ड चार अंक सहित तालिकाको चौथो स्थानमा छ । तीन अंक बनाएको वेस्ट इन्डिज छैटौं स्थानमा छ ।

यसअघि विश्वकपमा भएको भिडन्तमा इङ्ल्यान्ड बलियो देखिएको छ । यी दुई टोली विश्वकपमा ६ पटक खेलेका छन् । जसमा इङ्ल्यान्डले पाँच खेल र वेस्ट इन्डिजले एक खेलमात्र जितेको छ ।  घरेलु मैदान र दर्शकको साथले उत्साहित बनेको इङ्ल्यान्डलाई वेस्ट इन्डिजको अनुभवी ब्याट्सम्यान क्रिस गेल लगायत खेलाडी घाँडो हुन सक्नेछ । त्यसैले यी दुई टोलीको खेल रोमाञ्चक हुनेछ ।

 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप