शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘जिग्री’को चलचित्र ‘धुर्मुस’ ले  नखेल्ने

मङ्गलबार, २४ साउन २०७४, १५ : ४४
मङ्गलबार, २४ साउन २०७४

काठमाडौं – हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुमार कट्टेल (जिग्री) नाताले दाजु भाइ हुन् । तापनि भाई कुमार कट्टेल (जिग्री)ले बनाउने चलचित्र सितारामले नखेल्ने भएका छन् । ‘जिग्री’ले अर्का कलाकार अर्जुन घिमिरे ‘पाँडे’सँग मिलेर बनाउने तयारी गरेको चलचित्र सितारामले नखेल्ने भएका हुन् ।


चलचित्र ‘लुट २’का निश्चल बस्नेतले निर्देशन गर्ने भएका हुन् । चलचित्र निर्देशनको बिषयमा निश्चलले सम्झौता गरिसकेका छन् । निर्देशक त छानिए तर चलचित्रको नाम अझै जुरेको छैन ।


नाम र कलाकार फाइनल गर्ने तयारीमा आफु रहेको निर्माता मध्यका एक कुमारले बताए । चलचित्र भदौ भित्रमा छायांकनका लागि फ्लोरमा लैजाने तयारी भइरहेको छ । 


केही पहिले चलचित्रमा धुर्मुस–सुन्तली’को अभिनय रहने समाचार बाहिरिएको थियो । तर निर्माता कुमारले चलचित्रमा दाजु सिताराम कट्टेल (धुर्मुस) र भाउजु कुञ्जना घिमिरे (सुन्तली)को अभिनय नरहने जानकारी दिए । ‘नमुना नेपाल’ निर्माणको काममा ब्यस्त भएकोले धुर्मुस सुन्तलीले आफ्नो चलचित्रमा सहकार्य गर्न नभ्याउने कुमारको भनाई छ । 


टेलिभिजन कलाकार कुमार, अर्जुनका अलावा, सागर लम्साल ’बले’, हरि निरौला ’कक्रोज’ र दीपक आचार्यको समेत चलचित्रमा अभिनय रहनेछ । कथा र पटकथा कुमार कट्टेल (जिग्री)ले नै तयार पारेको चलचित्रमा अभिनेत्री अभिनेता फाइनल हुन बाँकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप