यौन शोषणको आरोप खेपिरहेका नाना पाटेकरविरुद्ध कुनै प्रमाण छैनः पुलिस
बलिउड अभिनेता नाना पाटेकरलाई बिहिबार ठूलै राहत महसुस भयो । अभिनेत्री तनुश्री दत्ताद्वारा लगाइएको यौन शोषणको आरोपमा मुम्बई पुलिसले अदालतमा ‘बि समरी’ रिपोर्ट दायर गरेको छ । बि समरी रिपोर्ट त्यतिबेला दर्ता गरिन्छ जब उजुरीको आधारमा कुनै प्रमाण भेटिँदैन र पुलिस उक्त घटनामा अनुसन्धानका लागि सक्षम हुँदैन ।
नाना पाटेकरले क्लिन चिट पाएकोमा तनुश्रीम दत्ताले भनिन्, ‘भ्रस्ट पुलिस फोर्स, कानूनी प्रणालीले उनीभन्दा पनि भ्रष्ट नाना पाटेकरलाई क्लिन चिट दिएको छ, जसमाथि पहिले पनि थुप्रै महिलाले धम्की र उत्पीडनको आरोप लगाएका छन् । ’
यसबारे तनुश्रीका वकिल नितिन सातपुतेले आफूलाई अहिलेसम्म अदालत वा पुलिसको तर्फबाट कुनै जानकारी नआएको र यदि यस्तो हो भने अदालतमा चुनौती दिने बताएका छन् ।
पेश गर्न सकेनन् कुनै पनि साक्षीः
ओशिवारा पुलिसका अनुसार तनुश्रीले एफआईआर दर्ता गराएको सात महिनासम्म पनि आफ्नो दाबी समर्थन गर्नका लागि कोही पनि साक्षी प्रस्तुत गर्न सकिनन् । पुलिसले भन्यो, ‘जसले बयान दिए, त्यो तनुश्रीको आरोपसँग मेल खाँदैनन् ।’
१५ जनाको बयानपछि पनि पुष्टि हुन सकेनः
यो मामलामा नाना पाटेकर र तुनश्री दत्तासमेत पुलिसले करिब १५ जनाको बयान रेकर्ड गर्यो । यसमा अभिनेत्री डेजी शाह पनि संलग्न थिइन् जो हर्न ओके प्लिज फिल्मका कोरियोग्राफर गणेश आचार्यका सहयोगी थिइन् । पुलिसका अनुसार कुनै पनि साक्षीले तनुश्रीको बयान पुष्टि गर्न सकेनन् । डेजीले आफूलाई घटना पूर्ण रुपमा याद नभएको बताएकी थिइन् ।
१० वर्ष पुरानो मुद्दा भएका कारण समस्याः
पुलिस स्रोतका अनुसार मामला १० वर्ष पुरानो भएका कारण धेरै प्रमाण भेट्न सकिएन । धेरैले बयान दिए । साक्षीहरुले उक्त घटनालाई राम्रोसँग याद गर्न सकिरहेका थिएनन् । कतिले सुटिङमा भइरहेको ढिलाई याद भएको तर तनुश्रीको शोषणसँग जोडिएका केही पनि कुरा याद नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता
-
दोस्रो सातामा ‘महाजात्रा’
-
स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिृकतलाई बढुवा गर्ने सरकारको निर्णय
-
संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे
-
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन
-
इलाम-२ मा रास्वपाको उम्मेदवारी घोषणा शनिबार