शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रियलमा औपचारिक रुपमा अनुबन्ध भए हाजार्ड

शुक्रबार, ३१ जेठ २०७६, ०८ : २५
शुक्रबार, ३१ जेठ २०७६

स्पेनिस जाइन्ट किलर रियल म्याड्रिडले बेल्जियम एवं चेल्सीका स्ट्राईकर इडेन हाजार्डलाई औपचारिक रुपमा अनुबन्ध गरेको छ । बिहिबार राति रियलले हाजार्डलाई आधिकारिक अनुबन्ध सहित सार्वजनिक गरेको हो ।

२८ बर्षीय हाजार्डलाई रियलले पाँच बर्षका लागि एक सय ५० मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । उनी २०२४ सम्म रियलमा रहनेछन् । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो रियल छाडेर गतबर्ष इटालियन क्लब युभेन्टस लागेपछि रियलको प्रदर्शन खस्किएको थियो । अहिले रियलले हाजार्डलाई रोनाल्डोकै स्थानमा हेरेको छ । त्यसैले हाजार्डलाई रियलले ७ नम्बर जर्सी दिने तयारी गरेको छ ।

हाजार्डको बिहिबारनै स्वास्थ्य परिक्षण समेत भएको छ । सार्वजनिक कार्यक्रमा बोल्दै हाजार्डले सपनाको क्लबमा अनुबन्ध हुन पाउँदा खुशी लागेको बताए । उनले रियलको जर्सीमा खेल्न गाह्रो हुने ठानेपनि चुनौतीको सामना गर्न तयार रहेको प्रतिक्रिया दिए । सान्टियागो बर्नबेउमा हाजार्डको सार्वजनिक कार्यक्रममा फुटबल समर्थको ठूलो भिड लागेको थियो । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप