शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आमिर खानपछि यी नायिकालाई भयो स्वाइल फ्लू

मङ्गलबार, २४ साउन २०७४, १५ : २८
मङ्गलबार, २४ साउन २०७४

आमिर खान र उनकी श्रीमती किरण रावलाई स्वाइन फ्लू भएको खबर सेलाउन नपाउँदै बलिउडकी अर्की नायिका पनि यो रोगको शिकार भएको बताइएको छ । नायिका ऋचा चड्डालाई पनि स्वाइन फ्लू भएको खबर छ ।

ऋचा चाँडै नै नयाँ फिल्म ‘फुकरे रिटर्नस’ मा देखिनेछिन् । केही मिडिया रिपोर्टलाई मान्ने हो भने सोमबार उनको फिल्मको ट्रेलरको प्रिभ्यू हुनु थियो तर स्वाइन फ्लूका कारण ऋचा कार्यक्रममा पुग्न सकिनन् ।

उनले सोसल मिडियामा मास्क लगाएको एउटा फोटो पोष्ट गरेकी छिन् । चाँडै ठिक हुनका लागि डाक्टरले उनलाई मास्क लगाउन सल्लाह दिएको बताइएको छ । भारतको महाराष्ट्रमा स्वाइन फ्लू पूर्ण रुपमा फैलिएको छ ।

 

I wasn't taking a break so God gave me one. Hehe. #MeTime?

A post shared by Richa Chadha (@therichachadha) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप