चुरेसँगको खेलबाडले मरूभूमिकरणको विस्तार भइरहेको छ : मुख्यमन्त्री राउत
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले चुरे क्षेत्रमा उत्खनन, सडक निर्माण र बसोबास वृद्धि चिन्ताको विषय भएको बताएका छन् ।
आइ ओ एम यूएन माइग्रेशन नामक संस्थाद्वारा आज जनकपुरधाममा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र मनसुन पूर्वतयारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले चुरेसँगको खेलबाडले मरूभूमिकरणको विस्तार भइरहेको प्रति ध्यानाकर्षण गराए ।
चुरे क्षेत्रमा स्काभेटरले उत्खनन कार्य गर्नु अपराध भएको अवस्थामा पनि सुरक्षा निकायको मौनताले गम्भीर प्रश्न खडा गरेको चर्चा गर्दै उनले चुरेको विनाश प्रदेश नं २ को विनास हो भन्नेतर्फ संवेदनशील हुनु जरूरी छ भने ।
उनले फितलो कानून र फितलो कार्यान्वयन गर्ने निकायका कारण प्राकृतिक स्रोतको दोहनले विपद् निम्त्याउने क्रियाकलाप बढ्दै गएको उल्लेख गरे ।
आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विकासका नाममा चुरेको उत्खनन् र सडक निर्माण नै प्रदेश नं २ मा विपद्का कारक हो भने ।
उनले विपद् व्यवस्थापन सन्दर्भमा प्रदेश सरकारले छिट्टै प्राधिकरण गठनका लागि ऐनमा संशोधनको गृहकार्यमा लागि परेको बताए ।
कार्यक्रममा पूर्वशिक्षामन्त्री तथा विपद् व्यवस्थापन जोखिम न्यूनीकिरण तथा व्यवस्थापन विज्ञ डा गङ्गालाल तुलाधरले नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विद्यमान प्रावधान र मनसुन पूर्वतयारी बारे जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन
-
प्रेमिका र फूल