शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ डिजिटल प्लाजा बुटवलमा पनि

बिहीबार, ३० जेठ २०७६, १८ : ४६
बिहीबार, ३० जेठ २०७६

बुटवल– सामसङ इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्सको सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औं सामसङ डिजिटल प्लाजा बुटवलमा शुभारम्भ भएको छ ।

यो सामसङ डिजिटल प्लाजाले सामसङका विश्वस्तरीय उत्पादनहरु टि.भी., मोवाइल लगायतका सामसङका सामानहरु प्रदर्शन तथा बिक्री वितरण गर्नेछ । 

बजारमा उच्च स्तरीय सामसङका सामानहरुको बढ्दो मागले गर्दा बुटवलमा नयाँ शो–रुम खोल्न हिम इलेक्ट्रोनिक्सले भगवती मल्टि सप्लायर्ससँग सहकार्य गरेको हो ।

नयाँ शोरुम उद्घाटनको अवसरमा भगवती मल्टि सप्लायर्सका प्रोप्राइटर शिखर थापा र सपन पाण्डेले विश्वकै अग्रणी ग्लोवल ब्राण्डसँग जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

बुटवलकोे व्यस्त बजारमा खुलेको नयाँ शो–रुमबाट ग्राहकहरुले नयाँ अनुभव गर्ने र आफुहरुले राम्रो ग्राहक सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप