बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको असहिष्णु चरित्र उदाङ्गो भयोः पौडेल

बिहीबार, ३० जेठ २०७६, ११ : ५०
बिहीबार, ३० जेठ २०७६

काठमाडौं–नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले  वर्तमान सरकारले  ऐतिहासिक परम्परालाई छिन्न पार्दै गुठी संस्थानको सम्पत्तिमा आँखा गाढेको आरोप लगाएका छन् । 

उनले  गुठी सम्बन्धी विधेयक सरकारले तत्काल फिर्ता लिनु पर्ने माग गर्दै कम्युुनिस्ट सरकारले संस्कृतिमाथि प्रहार गर्न खोजेको समेत आरोप लगाए । 


नेपालको संविधानले धर्म, संस्कृति, परम्परा र मौलिक स्वतन्त्रताको प्रत्याभूति गरेको बताउँदै पौडेलले भने, ‘गुठीको परम्परा विभिन्न समुदायको मौलिकतामा आधारित छ।समुदाय वा सरकारी गुठीका रूपमा रहेका जुनसुकै जग्गा, मन्दिर, धर्मशाला आदिको बन्दोबस्त र त्यसबाट प्राप्त आयबाट समुदायको सदस्यलाई बिभिन्न तरिकाबाट सहयोग गर्ने, पूजा, पर्व, जात्रा, जीर्णोद्धारआदि गराउने काम हुँदै आएको छ। सरकार संग गुठीहरूलाई समन्वय गराउने अधिकार सम्पन्न अर्धसरकारी संस्था हो गुठी संस्थान । सदियौं वर्षदेखि यही गुठी संस्थानका माध्यमबाट यस मातहतका  मठमन्दिरहरूमा निरन्तर पूजा अर्चना चल्दै आएको छ,सामुदायिक सद्भाव क़ायम भएको छ।’

तर, लोकतान्त्रिक मूल्य मान्यता र संवैधानिक मर्म विपरीत शान्तिपूर्ण आन्दोलनमा  हस्तक्षेप गरेर सरकारले आफ्नो असहिष्णु चरित्र प्रदर्शन गरेको पौडेलको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप