शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्टरनेसनल फिल्म फेष्टिभलका लागि फिल्म आह्वान

बिहीबार, ३० जेठ २०७६, ११ : २५
बिहीबार, ३० जेठ २०७६

काठमाडौं – नेपाल चलचित्र तथा सास्कृतिक प्रतिष्ठानले ‘नेपाल इन्टरनेसनल फिल्म फेष्टिभल(निफ)को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । आगामी २०२० फेब्रुअरी १३ देखि १७ सम्म काठमाडौमा आयोजना हुने फेष्टिभलमा सहभागी फिल्मका लागि आवेदन समेत खुल्ला गरिएको छ । 

प्रतिष्ठानले बुधबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै फेष्टिभलको बिभिन्न बिषय बारे जानकारी गराएको हो । ‘बिश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नारा र ‘फिल्म संस्कृति’को बिकाश गर्ने उदेश्यले आयोजना हुन लागेको फेष्टिभलमा यसबर्ष एनिमेशन र बृत्तचित्रको बिधा समेत थप गरिएके छ । 

फेष्टिभलमा राष्ट्रिय, अन्तराष्ट्रिय फिचर र डकुमेन्ट्री फिल्मसँगै एनिमेटेड फिल्मलाई पनि बिभिन्न शिर्षकमा बिजेता घोषणा गरेर पुरस्कृत समेत गरिनेछ । 

महोत्सवमा सहभागीताका लागि बिदेशी डकुमेन्ट्री फिल्मले १० र फिचर फिल्मले १५ अमेरिकी डलर तिर्नु पर्नेछ । नेपाली फिल्मले भने निशिुल्क सहभागीताको आवसर पाउने छन् । 

कार्यक्रममा अध्यक्ष केपी पाठकले महोत्सव अलवा प्रतिष्ठानले अगष्ट २१ देखि २७ सम्म आयोजना गर्न लागेको स्क्रिप्ट राइटिङ (पटकथा लेखन कार्यशाला)को समेत जानकारी गराए । मकवानपुरको इन्द्रसरोबर, कुन्साला वा चित्लाङमना आयोजना हुने कार्यशालामा भारत, चिन तथा अमेरिकाका प्रतिष्ठित चलचित्र लेखकले प्रशिक्षण दिने छिन् । 

६० जनाको सहभागीता रहने कार्यशालाका लागि जुन १५ भित्र आवेदन दिनु पर्ने आयोजकको प्रावधान रहेको छ । कार्यशालाका सहभागीताका लागि नेपालीले दश हजार डलर र बिदेशीले १ सउ ५० डलर शुल्क तिर्नु पर्नेछ । कार्यशालामा उत्कृष्ट हुने स्क्रिष्टलाई एक लाख नगद प्रदान गरिने आयोजकले कार्यक्रममा जानकारी दियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप