अस्ट्रेलियासँग हार्यो पाकिस्तान
आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत बुधबार राति भएको खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले हराएको छ । साविक विजेता अस्ट्रेलियाले दिएको तीन सय आठ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४५.४ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ६६ रन बनाएको थियो ।
पाकिस्तानका लागि इमाम उल हकले ५३ रन बनाए । मोहमद हाफिजले ४६, वहाव रियाजले ४५, कप्तान सरफराज अहमदले ४०, हसन अलीले ३२ र बाबर आजमले ३० रन बनाएका थिए । अस्ट्रेलियाका प्याट कुमिन्सले तीन विकेट लिए । मिचेल स्टार्क र केन रिचर्डसनले दुई दुर्ई तथा नाथन कल्टर नाइल र आरोन फिन्चले एक एक विकेट लिए ।
काउन्टी मैदानमा यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ३९ ओभरमा सवै विकेटको क्षतिमा तीन सय सात रन बनाएको थियो । अस्ट्रेलियाका लागि डेभिड वार्नर र एरोन फिन्चले पहिलो विकेटका लागि एक सय ४६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । वार्नरले एक सय सात रनको सतकीय पाली खेले । फिन्चले ८२ रन बनाए ।
यसैगरी सन मार्सले २३, ग्लेन म्याक्सवेल र एलेक्स केरीले समान २०, उस्मान ख्वाजाले १८ र स्टेभन स्मिथले १० रन बनाए । पाकिस्तानका मोहमद अमिर एक्लैले पाँच विकेट लिए । साहिन अप्रिदीले दुई तथा हसन अली, वाहव रियाज र मोहमद हाफिजले एक एक विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज अक्षय तृतीया, सातु र सर्वत खाएर मनाइँदै
-
नेसपाले ‘केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम’ गर्ने
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज पेशी
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची
-
सुदूरपश्चिम सरकारलाई ‘बजेट कानुन’ घाँडो, अधिवेशन अन्योलमा