बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव जितेलगत्तै युपी बार अध्यक्षमाथि आफ्नै सहयोगीले चलाए गोली, तत्काल मृत घोषणा

बुधबार, २९ जेठ २०७६, २० : ०६
बुधबार, २९ जेठ २०७६

एजेन्सी– भारतको उत्तर प्रदेशस्थित बार काउन्सिलका अध्यक्ष दरवेश यादवको गोली हानी हत्या भएको छ । 

दुई दिनअघि मात्र युपी बार काउन्सिलका अध्यक्षमा चुनिएकी दरबेशको एक कार्यक्रममा सामेल हुन गइरहेका बेला उनका सहयोगी वकिलले गोली हानी हत्या गरेका हुन् । उनको हत्या उनका सहयोगी वकिल मनिष शर्माले गरेको भारतीय प्रहरीले जनाएको छ ।

अदालत परिसरमा आयोजित स्वागत कार्यक्रममा भाग लिन गइरहेका बेला मनिषले उनीमाथि गोली चलाएका थिए । गोली लागे लगत्तै दरवेशलाई स्थानीय पुष्पाञ्जली अस्पतालमा पुर्याएलगत्तै निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप