विज्ञान र प्रविधिसम्बन्धि छुट्टै नीति ल्याउने तयारी छ: मन्त्री पोख्रेल
काठमाडौं– सरकारले विज्ञान र प्रविधिसम्बन्धि छुट्टै नीति ल्याउने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नयाँ–नयाँ प्रविधिलाई भित्र्याएर मुलुकलाई समृद्ध बनाउने गरी सरकारले विज्ञान र प्रविधिसम्बन्धि छुट्टै नीति ल्याउने तयारी गरिरहेको जानकारी दिएका हुन् । उनले विज्ञान र प्रविधिको क्षेत्रमा बजेटको कमी हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।
ललितपुरमा आयोजित २ दिने विज्ञान सडक मेलाको बुधबार समापन गर्दै मन्त्री पोखरेलले भएको बजेट सदुपयोग गरेर विज्ञान र प्रविधिको क्षेत्रको विकासमा लागि पर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए ।
मन्त्री पोखरेलले सरकारले मुलुकको राष्ट्रिय उत्पादनमा वृद्धि गर्न पनि विज्ञान तथा प्रविधिको विकासमा जोड दिएको पनि स्पष्ट पारे । विज्ञान र प्रविधिको क्षेत्रमा भएका नयाँ–नयाँ प्रयोगबारे सर्वसाधारणलाई पनि जानकारी दिने उद्देश्यका साथ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले सो मेला आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिक्षु बन्न ३ करोड ४० लाख डलरको सम्पत्ति दान दिँदै भारतीय दम्पती
-
गण्डकीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिन पाउँछन् ?
-
एमालेले भन्यो– मुख्यमन्त्रीलाई संविधानको धारा १८८ बाट भाग्ने ठाउँ छैन
-
अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी
-
चार बजे मन्त्रिपरिषद् बैठक बस्दै
-
प्रदेशसभामा बहुमत सांसद बसे प्रतिपक्षमा, सत्तापक्ष अल्पमतमा