बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसेवा विज्ञापनको विरोधीले मागे मन्त्री र आयोगका अध्यक्षको राजीनामा, यस्तो छ भनाई (फोटो/भिडियो)

बुधबार, २९ जेठ २०७६, १८ : २६
बुधबार, २९ जेठ २०७६

काठमाडौं– गत जेठ १५ गते लोकसेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापनको विरोधमा काठमाडौंमा विरोध प्रदर्शन भएको छ । आदिवासी जनजाति तथा मधेशी निकट विभिन्न संगठनको नेतृत्वको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको हो । 

प्रदर्शनका क्रममा उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको राजिनामा मागेका छन् । उनीहरुले विज्ञापन असमावेशी रहेको भन्दै त्यसलाई खारेज गर्न वा सच्याएर पुनः प्रकाशन गर्न समेत माग गरेका छन् । 

बुधबार बिहान भने लोकसेवाको विज्ञापनको पक्षमा माइतिघर मण्डलामा प्रदर्शन भएको थियो । अपराह्न भएको बिरोध प्रर्दशनमा सहभागी सरोज रायले लोकसेवाले विज्ञापन खोल्दा महिलाका लागि आरक्षण सिट राम्रो राखेपनि आदिवासी मधेसी, उत्पीडित वर्गका लागि भने विभेद गरेको बताए ।

उनले अहिले ९ हजार १ सय ६१ सिटका लागि खोलिएको विज्ञापनमा ४ हजार ८ सय सिट आरक्षण हुनुपर्नेमा त्यस्तो नभएको बताए । महिलाका लागि १३ सय ६० सिट आरक्षण हुनुपर्नेमा १६ सय ४२ हुनुपर्नेमा २ सय ८२ सिट बढेको छ । 

यस्तै आदिवासीको ११ सय ८३ सिट हुनुपर्नेमा जम्मा ५ सय ८ सिट अर्थात ५ सय ६ सिट गुमेको उनले बताए ।  यस्तै मधेशीलाई ९ सय ६० सिट हुनुपर्नेमा ७६ सिट दिइएको र ८ सय ३१ सिट घटेको उनको भनाई छ । 
दलितको ३ सय ७१ सिट हुनुपर्नेमा जम्मा ३० सिट दिइएको ३ सय ४१ सिट घटाइएको छ ।  यस्तै अपाङ्गता भएका व्यक्तिको २ सय ६ सिट हुनुपर्नेमा ४ सिट दिएर २ सय २ सिट घटाइएको रायले बताए । पिछडिएको समूहको १ सय ६५ सिट हुनुपर्नेमा २ सिट दिएर १ सय ६३ सिट घटाइएको छ ।

आरक्षणका क्रममा १८ सय ६० सिट घटाइएकोले आन्दोलन गर्नुपरेको उनले बताए । स्थानीय तहमा पद टुक्रा पारेर एउटा सुत्र निकालेर असमावेशी बनाइएको उनको दावी छ । प्रदर्शनमा सहभागी विभिन्न व्यक्तिहरुले उक्त विज्ञापन संशोधन गर्न माग गरेका छन् । 


हेर्नुहोस भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप