वैदेशिक रोजगारमा जाँदा श्रम स्वीकृति शुल्क बैंकमार्फत तिर्नुपर्ने व्यवस्था गर्दै सरकार
बुधबार, २९ जेठ २०७६, १७ : १०
काठमाडौं– सरकारले वैदेशिक रोजगारमा जानेहरुको श्रम स्वीकृति र नविकरण शुल्क बैंकमार्फत नै तिर्नुपर्ने व्यवस्था गर्न लागेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले मंगलबार एक सुचना प्रकाशित गर्दै सबै बाणिज्य बैंकलाई सेवा सञ्चालनको अनुमतिका लागि आवेदन दिन भनेको छ ।
आवेदन दिन समय १५ दिनको राखिएको छ । बोर्डका अनुसार हाल सातवटा बाणिज्य बैंकले मात्र अनुमति लिएर काम गर्दैै आएका छन् । सबै बाणिज्य बैंकबाट यो सेवा उपलब्ध गराउन सरकारले बैंकहरुलाई अनुमति लिन भनेको हो ।
श्रमस्वीकृति मात्र होइन नविकरण शुल्क पनि बैंकमार्फत तिर्नुपर्ने व्यवस्था गर्न लागेको हो । कल्याणकारी कोष व्यवस्थापन समितिको गत जेठ २३ गते बसेको बैंठकले सबै बाणिज्य बैंकमार्फत शुल्क बुझाउन सकिने व्यवस्था गर्ने निर्णय गरेको थियो । सोही बमोजिम अहिले सूचना प्रकाशित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा