शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पामा टेलिफोन सेवा अवरुद्ध

बुधबार, २९ जेठ २०७६, १२ : ५०
बुधबार, २९ जेठ २०७६

डोल्पा– गएरातिदेखि अवरुद्ध भएको डोल्पाको टेलिफोन सेवा सञ्चालन नहुँदा जिल्लाको सञ्चार सेवा बिच्छेद भएको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ लइटी डाँडामा रहेको रिपिटर टावरमा खराबी आएपछि गएरातिदेखि डोल्पाको सदरमुकाम दुनै र अन्य ठाउँको टेलिफोन सेवा अवरुद्ध भएको हो । यही टावरबाट डोल्पाका विभिन्न ठाउँमा रहेका टावरमा सञ्चार प्रवाह हुँदै आएको थियो । 

सदरमुकाम दुनैबाट बिहानै प्राविधिकको टोली लइटी डाँडामा रहेको टावरमा आएको खराबी पत्ता लगाउने हिंडेको नेपाल टेलिकम डोल्पाले जनाएको छ । फोन सेवा अवरुद्ध हुँदा यहाँका सबै ठाउँमा सम्पर्क गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले बताए । 

टावर भएको स्थानमा पुग्न पाँच घण्टा लाग्ने भएकाले जतिसक्दो समस्या पत्ता लगाएर मर्मत गरिने टेलिकमले जनाएको छ । महिना दिनभित्र डोल्पामा दुई पटक टावरमा समस्या आएपछि फोन सेवा अवरुद्ध भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप